Wednesday, July 1News That Matters

ताप्लीमा दलित सशक्तीकरण ऐनका लागी सुझाव संकलन

पूर्णपुष्टि,चैत्र २९ । उदयपुरको ताप्ली गाउँपालिकामा दलित सशक्तीकरण ऐन मस्यौदा उपर सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार र मंगलबार ताप्ली क्षेत्रका दलित अधिकार प्रर्वद्धन, सशक्तीकरण र बिकासका लागी ऐन निमार्णको कार्य सुरु गरेको हो ।

दलितहरुका लागी पालिकाले विनियोजन गर्दै आएको निश्चित बजेट तथा कार्यक्रमहरुले मात्र उनीहरुको सर्वाङ्गिण बिकास हुन नसक्ने भन्दै ऐन निमार्णको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताउनुभयो । ऐनका माध्यमबाट दलित समूदायको शिक्षा, स्वास्थ्य, रोजगारी, अधिकार सुनिश्चितता, गरीबी उन्मुलन र पेशा व्यवसायको प्रर्वधन गर्दै समतामूलक समाज निमार्ण गरिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा, उपप्रमुख तेजप्रसाद गिरी, गाउँपालिका प्रमुख ढुङ्गराज विश्वकर्मा, उपप्रमुख धनामाया मगर, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राई, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, दलित अधिकारकर्मीहरु दिलिप रसाईली, पुष्प विश्वकर्मा, लालबहादुर रम्तेल, झनक बहादुर विश्वकर्मा, सहेक विश्वकर्मा, बलदेव विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।