Thursday, July 2News That Matters

सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुने चार भारतीयको पहिचान खुल्यो

पूर्णपुष्टि,चैत्र २९ । सिन्धुलीको कमलामाइ नगरपालिकास्थित बिपी राजमार्गमा अवस्थित गढीगेट नजिकै भारतीय कारको दुर्घटना हुँदा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान वडा नम्बर ८ मन्डिपुरसाडी समष्टिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

गएराति गढी गेट नजिकै काठमाडौं आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार रोडबाट तल खस्दा तीन जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । अर्का घाइते ४७ वर्षका धर्मेन्द्र कुमार सोनीलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको टाउकोमा गहिरो चोट लागको छ। कार सडकबाट ५ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।