Thursday, July 2News That Matters

च्याम्पियन लिगमा हालान्डको किर्तिमान, बार्यनमाथि सिटिको जित

पूर्णपुष्टि, चैत्र २९ । युइएफए च्याम्पियन लिगमा एर्लिङ हालान्डले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमान बनाउँदा बार्यन म्युनिखमाथि म्यान्चेस्टर सिटिले सहज जित निकालेको छ । लिगको पहिलो खेलमा सिटिले बार्यनमाथि ३–० गोलको जित निकालेको हो ।

घरेलु मैदान एतिहाडमा भएको खेलको २७ औं मिनेटमा रोड्रिको गोलमा अग्रता लिएको सिटिले ७० औं मिनेटमा बर्नानर्डो शिल्भाले गोलमा अग्रता दोब्बर बनाएको थियो भने हालान्डले ७६औं मिनेटमा गोल गर्दै एकै सिजनमा ४५ गोल गरेर किर्तिमान बनाएका हुन् । बार्यनमाथि जित निकालेको सिटिको सेमिफाईनल पुग्ने सम्भावना बलियो भएको छ । अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।