Monday, April 20News That Matters

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक विदेशी नागरिक पक्राउ

पूर्णपुष्टि, साउन २४ । त्रिभुवन विमानस्थल विमानस्थलबाट लातभियाका एक नागरिकलाई प्रतिबन्धित लागूपदार्थ कोकिनसहित नियन्त्रणमा लिएको छ।

कतार एयरवेजको विमानबाट बुधबार नेपाल आएका लातभियाका नागरिक इभार्स भाल्तर्सलाई ६ किलो २४ ग्राम कोकिनसहित नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरिएको हो।

बरामद कोकिनको नेपाली बजार मूल्य २१ करोड ८ लाख रुपैयाँभन्दा बढी हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यसअघि पनि विभिन्न समयमा विदेशी नागरिकहरूलाई कोकिनसहित पक्राउ गरिएको थियो। असार ६ मा ४ जना विदेशी नागरिकलाई ४ किलो ५०४ ग्राम कोकिनसहित पक्राउ गरिएको थियो।