Saturday, May 9News That Matters

त्रियुगाकाे नगरसभा अबेर सुरु

पूर्णपुष्टि, असार १० ।

त्रियुगा नगरपालिका उदयपुरकाे नगरसभा आज अबेर सुरु भएकाे छ । विहान ११:०० बजे हुने भनिएकाे सभा अपरान्ह ४ बजेदेखि सुरु भएकाे हाे ।

वडाध्यक्ष तथा कार्ययपालिका सदस्यहरुले शिक्षक दरबन्दि मिलान तथा विद्यालय घटुवा विषयमा विमति जनाएपछि सभा अबरुद्ध बनेकाे थियाे ।

विमतिबारे लिखित रुपमा निर्णय गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई  बुझाएपछि सभा अगाडि बढेकाे जनाईएकाे छ ।