
पूर्णपुष्टि, असार १० ।
त्रियुगा नगर शिक्षाले नगरसभामा अनुमाेदनका लागि अघि सारेकाे निर्णयमाथि असहमती जनाईएकाे छ । शिक्षक दरबन्दी मिलान तथा विद्यालय घटुवा सम्बन्धी निर्णय नगर शिक्षाले अनुमाेदनका लागि अघि सारेकाेमा असहमती जनाईएकाे हाे । उपमेयर महेश्वरी राई, वडाध्यक्षहरु वडा नं. ८ का राजकुमार राउत, वडा नं. २ का घमानसिंह खत्री, वडा नं. १६ का मानबहादुर राई, वडा नं. ७ का अम्बरबहादुर दनुवार, वडा नं. ६ का याेगेन्द्रबहादुर दाहाल, वडा नं. १४ का हिमराज मगर, वडा नं. १० का किरण पाण्डे, वडा नं. १५ का गणेशप्रशाद तिम्सिनाले नगरसभा सुरुअघि असहमती जनाएका छन् । त्यस्तै कार्यपालिका सदस्यहरु विमल राई, गिता उप्रेती, रेनुका श्रेष्ठ, कुन्ति परियार, रेख मगर, सुनिता गजमेयर रछ डिल्लीसेर राईलेसमेत अुहमती जनाएका छन् ।
उपमेयर राईकाे अध्यक्षतामा बैंठक नै बसी १६ जनाले असहमतीपत्रमा हस्ताक्षर गरि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् । उनीहरुकाे असहमतीकाे निर्णयलाई अनुमाेदन नगर्न माग राख्दै माग पूरा नभए आन्दाेलनकाे चेतावनी दिएका छन् । कार्यपालिकाकाे असार ८ गतेकाे ३४ ओैं बैठककाे निर्णय नम्बर ६६० मा नगर शिक्षाकाे निर्णय अनुमाेदन गर्ने बुँदाप्रति असहमती जनाएका हुन् । असहमती पत्रलाई कार्यपालिकाकाे बैंठकमा टाँस्न मागसमेत गरिएकाे छ ।
उनीहरुकाे असहमतीका कारण नगरसभा समयमा सुरु हुन सकेन । अपरान्ह ४ बजेदेखि मात्र सुरु भएकाे हाे । असहमती पत्र बुझाएपछि नगरसभा सुरु भएकाे हाे ।
