Saturday, May 9News That Matters

लिम्चुबुङको गाउँसभा सम्पन्न

पूर्णपुष्टि, १० असार ।
लिम्चुङबुङ गाउँपालिकाले दोस्रो सभाको पन्द्रो अधिवेशन सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो । पालिकाले समृद्ध लिम्चुङबुङ गाउँपालिकालाई एकै पुस्तामा समेट्न पर्यटन पक्की सडकलाई मुख्य ऐजेण्डा बनाएको छ ।

पालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङको विबास, सुधार र समृद्धका लागि पर्यटन पक्कीसडकको अत्यावश्यक रहेको जनाए । राईले संघिय र प्रदेशले बजेट पठाएको भएपनि पालिकालाई समेट्न सक्ने खाले बजेट नरहेको जनाए । पालिकाको निति तथा कार्यक्रम जनमुखी रहेको अध्यक्ष राईले जनाए । कृषि पर्यटन, भौतिक पूर्वधार शिक्षा, स्वास्थ्य, विकास, रोजगार उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, खानेपानी सरसफाई, बिपद व्यवस्थापन जस्ता महत्वपूर्ण कुराहरुलाई निति तथा कार्यक्रममा समेटिएको छ ।