Wednesday, June 17News That Matters

त्रियुगाकाे साेह्रै  वडामा जनयुद्ध दिप प्रज्वलन

गाईघाट
पूर्णपुष्टि,फागुन २ । त्रियुगा नगरपालिकाकाे १६ वटै वडामा आज साँझ दिपावली गरि २८ ओैं जनयुद्ध दिवस मनाइयाे । गाईघाटकाे लाेकतान्त्रिक चाैककाे दिपावली कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष मानबहादुर राईले सबै वडामा एकैसाथ दिपावली गरिएकाे बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य तथा संविधानसभा सदस्य माेहन खत्री र प्रदेश सांसद संझना तामाङले जनयुद्धकाे चर्चा गर्दै सहिदकाे बलिदानी भुल्न नहुने बताए । अहिलेकाे आमपरिवर्तन र विकास जनयुद्धकै बल र जगमा भएकाे चर्चा गरे ।
वाईसिएलका ज्ञानेन्द्र मगरले सञ्चालन गरेका थिए ।