
पूर्णपुष्टि, फागुन १ ।
उदयपुरमा दुई महिनाबाट संञ्चालन रहेको जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । त्रियुगा नगरपालिका उदयपुर ज्येष्ठ नागरिक लक्षित अनुदान सहयोग तथा ज्येष्ठ नागरिक जिल्ला संघ उदयपुरको आयोजनामा संञ्चालित कार्यक्रमको समापन ज्येष्ठ सदस्य ९० बर्षिय दीपनरसिंह बस्नेतको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । उक्त कार्यक्रम गत मङ्सिर २६ गतेदेखि गाईघाट स्थित बोक्सेमा संचालन रहेका थिए ।
आ–आफ्नो पेशा, व्यवसाय, रोजगारी वा पढाईको शिलशिलामा छोराछाोरी, नाति नतेनी, बुहारीहरु काममा ब्यस्तका कारण घर बाहिर या बिदेशमा रहने जेष्ठ नागरिकहरुलाई दिउँसोको समयमा एक्लै बस्नुपर्दा निराशा वा एक्लोपनको महशुस हुने गर्छ । सोही अवस्थामा जिवनको उत्तरार्द्धमा शारीरिक, मानसिक, भावनात्मक हिसाबले दिनप्रतिदिन ज्येष्ठ नागरिकहरू कम्जोर हुँदै जाने गरेको हुदा यसलाई समधानको निम्तिी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक दिवासेवा कार्यक्रमको अवधारणा सम्बन्धि नीति निर्माण गरि कार्यान्वयनमा ल्याएका थिए ।
संघका अध्यक्ष खिला घिमिरेका अनुसार दुई महिने कार्यक्रममा जेष्ठ नागरिकहरुलाई स्वस्थानी, भागवत पुराण, मनोरञ्जन, व्यक्तिगत अनुभवको कुराहरु आदन प्रदान र चियापानमा व्यस्त राखिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुले हरेक दिन राम्रो सहभागीता जनाएको घिमिरेले जनाए । ४५ जनादेखी माथी ६० जना सम्म जेष्ठ नागरिकहरुले समय अबधिभरनै कार्यक्रममा उल्लेखीय सहभागी जनाएका थिए । समापन कार्यक्रममा वडाअध्यक्ष किरण पाण्डे, भुतपूर्व जिल्ला शिक्षा अधिकारी बिरेन्द्र बस्नेत, गैरसरकारी संस्था माहासंघ उदयपुरकी अध्यक्ष सिर्जना पौडेल, त्रियुगा नमुना माविका साहयक प्रधापक बिदुर खड्का, लगायतको उपस्थिति रहेका थिए ।
