
पूर्णपुष्टि, जेठ १५ गते ।
त्रियुगा नगरपालिका–९ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार रहेका राजकुमार दनुवार वडाध्यक्षमा विजयी भएका हुन् । दनुवारले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भरतराज दनुवारलाई १ सय ३८ मतान्तरले विजयी भएका छन् । ६ सय ५६ मत ल्याएका भरतराजलाई राजकुमारले ७ सय ९४ मत ल्याएर पराजित गरेका हुन् ।
त्यसैगरी, महिला सदस्यमा एमालेकी उम्मेदवार हरेकी रेणु श्रेष्ठले ७ सय ६१ मत ल्याएर विजयी भएकी छिन् । काँग्रेसका दलित महिला सदस्यमा मिना विश्वर्कमाले ७ सय ९४, खुल्ला सदस्यमा भूप्रन्द्र बुढाथोकीले ७ सय २७ र विष्णुकुमार दनुवारले ७ सय १७ मत ल्याएर जीतेका छन् ।
