
पूर्णपुष्टि, बैशाख २५
नेपाली काङ्ग्रेसको त्रियुगा नगरपालिकाको उपप्रमुखको उम्मेदवार सरिता राई बिरुद्द अनर्गल प्रचार गरेको भन्दै प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । उपप्रमुखको उम्मेदवार सरिता राइको फोटो लागुऔषध प्रयोग गरिरहेको ब्यक्ति सँग इडिट गरि जोडेर भ्रम फैलाएको आरोपमा गाइघाट बस्ने डिकेन राईलाइ प्रहरिले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यलय उदयपुरले काङ्ग्रेसका उम्मेद्दार राई बिरुद्ध सामाजिक सन्जाल मार्फत अफवाह फैलाएको भन्दै उजुरी परेपछी पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका राइले उपप्रमुखको उम्मेदवारको फोटो लागुऔषध प्रयोग गरिरहेका ब्यक्तिसँग जोडेर यस्ताले कसरी नगरमा लागुऔषध नियन्त्रण गर्छ्न भन्दै सरिता राइले लागुऔषध प्रयोग कर्तालाइ सरक्षण गरेको लेखेका थिए । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सन्तोष आचार्यका अनुसार डिकेन राईलाइ पक्राउ गरि सोधपुछ गर्ने कार्य भैरहेको बताएका छन ।
उपमेयरकी उम्मेदवार सरिता राईले आफुलाइ बदनाम गर्ने उद्देश्यले उक्त प्रचार गरिएको बताइन । उनले भनिन “चुनाब हार्ने भएपछी मेरो बिरुद्द बिपक्षिले अनर्गल प्रचार गरि बदनाम गराउने प्रयास गरिरहेका छन ।” आफू सधै लागुऔषध बिरुद्ध रहेको र आफ्नै छोरासमेत लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ पर्दा समेत छुटाउन पहल नगरेको समेत बताएकी थिइन ।
