
पूर्णपुष्टि, वैशाख २५ गते ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने अतिआवश्यक सेवा बाहेकका अन्य सेवा भोली (सोमवार) बाट बन्द गरिने छ । आसन्न स्थानीय तहको निर्वाचनमा कार्यालयका कर्मचारीहरु खटिने भएकाले भोलीदेखि जेठ ३ गते सम्मका लागि सेवा बन्द गरिएको हो ।
९ दिन सम्म कार्यालयबाट अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राईले बताए ।
