
पूर्णपुष्टि, वैशाख २० गते ।
स्थानिय तहको निर्वाचनको मतदान गर्ने दिन नजिकिएसँगै कुन पार्टीका उम्मेदवार वा कुन उम्मेदवारले जीत निकाल्ने हुन् भन्ने चर्चा चल्न थालेको छ । गठबन्धन देशका अधिकांश स्थानमा मुख्य दलहरु बीच नै प्रतिस्प्रधा हुने देखिएको छ । विशेष गरी पाच दलीय गठबन्धन र एमालेबीच प्रतिस्प्रर्धा हुने भएपनि गठबन्धन हुन नसकेका स्थानमा भने मुख्य दलहरुबीच प्रतिस्प्रर्धा हुने निश्चत जस्तै छ । त्रियुगा नगरपालिकामा माओवादी र समाजवादी र समाजबादीको दुई दलीय गठबन्धन, कांग्रेस र एमाले बीच त्रिकोणात्मक प्रतिस्प्रर्धा हुने आकलन गरिएको छ । त्रियुगा नगरको प्रमुख पदका लागि एघार दल तथा उम्मेदवार चुनावी मैदानमा छन् । ६००४६ मतदाता रहेको त्रियुगा नगरमा कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर चर्चा हुन थालेको छ ।
त्रियुगामा गठबन्धनसहित कांग्रेस र एकाले बीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । तर कति मतको हारजित हुन्छ वा कति मत पाउने उम्मेदवार विजयी हुन्छ भन्नका लागि साना दल तथा स्वतन्त्र उम्मेदवारले प्राप्त गर्ने मतमा भर पर्ने देखिएको छ । विगतको चुनाबलाई हेर्दा यो नगरमा हुल मतदाताको ७०–७५ प्रतिशत सम्म मत खसेको छ । अघिल्लो चुनावको आधारमा तुलना गर्दा यो पटक पनि ७५–८० प्रतिशत सम्म मत खस्ने अनुमान गरिएको छ ।
७५–८० प्रतिशत मत भनेको ४५ हजारदेखि ४८ हाजारसम्म हुन्छ । पैलालिस हजार भन्दा माथी र ५० हजार मुनी मतखस्दा १४ हजार माथी मत ल्याउने उम्मेदवार विजय हुने देखिन्छ । तर यसका लागि साना दल तथा स्वस्तन्त्र उम्मेदवारलाई ५ हजार भन्दा कम मद प्राप्त गर्ने सहजै विजय हुने देखिन्छ । त्यस्ता साना दल तथा स्वतन्त्र उम्मेदवारले ५० हजार भन्दा बढी मत ल्याएको खण्डमा १४ हजार भन्दा कम मत ल्याउने समेत विजय हुन सक्छन् । तर यसका लागि कति मत बदर हुन्छ भन्ने कुराले पनि प्रभाव पार्ने देखिन्छ ।
