Thursday, June 11News That Matters

त्रियुगाको वडा नं. ४ मा काँग्रेस पछ्याउदैँ एमाले

पूर्णपुष्टि, जेठ १३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–४ का १ हजार ८ सय मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार अगाडी रहेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार बद्री बस्नेतले ६ सय ११ मत ल्याएर लिड गरिरहेको छ । बस्नेतलाई नेकपा एमालेका उम्मेदवार सुवासकुमार निरौलाले ५ सय २० मत ल्याएर पछ्याइरहेको छ । बस्नेत र निरौला बीचको ९१ मतान्तर रहेको छ ।
४ नं. वडाबाट नगर प्रमुखमा काँग्रेसका उम्मेदवार बसन्त बस्नेतलाई ६ सय ७१ आएको छ । दोस्रोमा एमालेका उम्मेदवार भागवत राउत रहेको छ । राउतले ५ सय ५२ मत ल्याएको छ । यता तेस्रोमा गठबन्धनको उम्मेदावर बलदेव चौधरीले ३ सय ४७ मत प्राप्त गरेको छ ।