Friday, June 12News That Matters

त्रियुगाको विवादीत वडा नं. १२ को पनि मतगणना सुरु, गठबन्धनले लियो अग्रता

पूर्णपुष्टि, जेठ १५ गते ।
त्रियुगा नगरपालिका वडा नं. १२ को पनि मतणना सुरु भएको छ । १२ नं. वडामा १ सय मत गरणना गरिदा गठबन्धनका वडाध्यक्ष उम्मेदवार नविनकुमार वान्तवा राईले २६ मत ल्याएर अग्रता कायम गरेको छ । राईका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रहेका चुडाराम काफ्लेले २३ मत ल्याएर पछ्याउदै छ । त्यस्तै, यता नेकपा एमालेका उम्मेदवार रमेश राउत क्षेत्रीले २२ मत प्राप्त गरेका छन् ।
१२ नं.वडामा नगरप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार बलदेव चौधरीले ४५ मत ल्याएर अगाडी रहेको छ । यता उपप्रमुखमा भने एमालेको उम्मेदवार महेश्वरी राई अगाडी रहेकी छिन् ।