
पूर्णपुष्टि, बैशाख ३०
त्रियुगा नगरपालिका १५ नं वडामा १७६५ मत खसेको छ । वडाको दुई ओटा मतदान स्थलमा सो मत खसेको हो । रानीवास र खाँवुमा रहेको दुई मतदान स्थल गरी जम्मा चार ओटा केन्द्रहरु रहेका थिए । रानीवासमा रहेको तिन केन्द्रमा १४४० मत खसेको छ भने खाँवुमा रहेको एक केन्द्रमा ३२५ मत खसेको हो । बिहानै ७ बजेबाट सुरु भएको मतदान ५ बजे सम्म सो मत खसेको हो । २१४५ मतदाता संख्या रहेको सो वडामा नेपाली कांग्रेस बाट पूर्व वडाअध्यक्ष निर बहादुर मगर र गठबन्धन बाट गणेश तिमिल्सिनाको मुख्य प्रतिस्पर्धा रहेको छ ।
