Sunday, May 3News That Matters

त्रियुगाको ४ र ७ नं वडामा गरिने माटो परिक्षणमा सहभागी हुन कृषकहरुलाई आह्वान

पूर्णपुष्टि, २१ बैशाख ।
त्रियुगा नगरपालिकामा कृषकहरुको खेतबारीको माटो परिक्षण गरिने भएको छ । यहि बैशाख २५ र २६ गते हाम्रो भुमि अर्गानिक मल तथा कृषि सामाग्री उद्योग र नेचुरल बहुदेश्यीय सहकारी संस्था लि को सयुक्त आयोजनामा त्रियुगा नगरपालिकाको ४ र ७ नं वडामा माटो परिक्षण गरिने भएको हो । पछिल्लो समय वातावरण र अनेकौँ बिषादी प्रयोगले माटोको अवस्था कम्जोर भई उत्पादनमा समस्या रहेको जनाईएको छ । माटो परिक्षण गरी माटो सुधारमा कृषकहरुलाई सचेत गराउने उदेश्यका साथ परिक्षण गर्न लागिएको हो ।

परिक्षणले माटोको सुधार गर्न सकिने र के कस्तो मल विषादी प्रयोग गर्न सकिने भनेर जानकारी पनि गराईने छ । पछिल्लो समय कृषकहरुले बिभिन्न प्रकारको मलहरु प्रयोगले माटो बिगारिरहेको अवस्था छ । उत्पादनको लागि पहिले माटोको परिक्षण गरी सोही अनुसारको बाली नाली लगाउन सकिने जनाईएको छ । माटोको अवस्था पत्ता नलगाई बाली लगाउँदा कृषकहरुले सोचेको जस्तो उत्पादन गर्न नसकेको र बिषादी खाद्यन्न प्रयोग गरिरहेको जनाईएको छ । माटो परिक्षणमा सहभागी भई आफ्नो खेतवारीको माटोको अवस्था पत्ता लगाई उत्पादन बढाउन कृषकहरुलाई अनुरोध गरिएको छ ।