
पूर्णपुष्टि, बैशाख २१ । उदयपुरको रौतामाई वडा नं ४ पोखरीमा विद्युत पुगेको छ । लामो समय पछि पुगेको बत्तिको स्थानीयहरुले भव्य स्वागत समेत गरेको छ । बत्ति पुगेपछि स्थानीयहरुले बिगतलाई सम्झेको छ ।
शहरमा मात्रै बल्ने बत्ति अहिले बिकट गाउँ सम्म आईपुग्दा बिगतको अध्यारो र पुरानो प्रयोगमा आउने बत्तिहरुलाई सम्झेर स्थानीयहरु हर्षित भएको छ । उक्त बत्तिको उद्घाटन शुक्रबार रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले गरेको छ । पालिकाको ४ नं वडा बिद्युत पुगे सँगै उक्त वडा पूर्ण विद्युतीकरण भएको छ । पोखरी स्थित वडा कार्यालयमा बत्तिको उद्घाटन भएको हो । रौतामाई गाउँपालिका वडा नं। ४ द्धारा श्री सरस्वती मा।वि। मालबासेमा पूर्ण विद्युतिकरण वडा घोषणा कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष रबिन्द्र कुमार खत्रीले जानकारी दिए ।
