
पूर्णपुष्टि, २१ बैशाख ।
गाईघाट स्थित साकेला टोलमा भोलीदेखी सुरु हुने प्रथम दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । खेलका लागि तयारी सामाग्री, फिल्ड, घेराबेरा, टिम, लगायतको सम्पूर्ण व्यवस्थाको व्यवस्थापन तयारी अवस्थामा रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा औपचारिक कार्यक्रमको लागि स्टेज पनि तयारी अवस्थामा रहेको छ । खेलमा आयोजक ए र बि सहित १० ओटा टिम सहभागी हुने छ । प्रतियोगिताको बिजेता टिमले रु २५ हजार नगद ट्रफि र प्रमाण पत्र पाउनेछ भने उपबिजेताले नगद रु १५ हजार ट्रफि र प्रमाण पत्र पाउने आयोजक साकेला युवा समूहले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक स्वर्गिय दिपक राईको श्रीमती गिता राई रहेकी छिन् । खेलको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार वस्नेतले गर्ने भएको छ । प्रतियोगिता भोली २ बजेदेखी सुरु हुने भएको छ ।

