
पूर्णपुष्टि, साउन ३
त्रियुगा नगरपालिकामा मेयर वसन्त वस्नेतको एकल निर्णयले कर्मचारी हटाएको भन्दै करारमा रहेका ५९ जना कर्मचारीहरुले विरोध निरन्तर अगाडी बढाएको छ । उनिहरुले मंगलबार देखी थप आन्दोलन चर्काउँदै नगरपालिकाको सपूर्ण कामनै ठप्प पारेको छ । नगरको मेन गेटमै कालो व्यानर सहित धर्ना वसेर मेयर वस्नेतको निर्णय प्रति आफुहरुको आपत्ति रहेको जनाएको छ । मेयर वस्नेतले असार ३१ गते कुनै पनि समन्वउ जाकारी र हटाउनु पर्ने आधारविनै आफुहरुलाई सेवा बाट हटाईएको भन्दै आन्दोलन गर्नु परेको कर्मचारीहरुले जनाएको छ ।
आन्दोलन संघर्ष समितिले नगर प्रमुख स्तरीय निर्णय तत्काल ख्यारेज गर भन्ने व्यानर सहित मुख्य गेटमा धर्ना वसेर सेवा ठप्प पार्नुका साथै नगर प्रमुख, उप्रमुख र कुनै पनि कर्मचारी तथा सेवागा्रहीलाई कार्यालयमा प्रवेश गर्न दनिएको अवस्था छ । कार्यालय नखुल्दा यता सेवाग्राहीहरु भने ठुलो समस्यामा परेको छ । नगरपालिकाको कामले टढाटाढा बाट समेत आएको सेवागा्रहीहरुले सेवा लिन पाएको छ ।
