Friday, June 12News That Matters

त्रियुगामा कांग्रेसको अग्रता कायमै

पूर्णपुष्टि, जेष्ठ ११
त्रियुगा नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । हिजो १ बजे बाट सुरु भएको मत गणनामा कांग्रेसको अग्रता निरन्तर रहेको छ । पछिल्लो मत परिणाम अनुसार प्रमुखमा कांग्रेसका बसन्त बस्नेत ८३३ मत सहित अग्रस्थानमा रहेको छ । यस्तै कलममा बलदेव चौधरीको ७९० र सुर्यमा भागवत राउतको ५२४ मत रहेको छ ।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकी सरिता राई अग्र स्थानमा रहेकी छिन् । काँग्रेसकी राई ७४६ मत सहित अग्र स्थानमा छिन् भने सृर्यको महेश्वरी राईको ६०८ मत रहेको छ । यस्तै हँसिया हथौडाको गिता खड्काको ५६० रहेको छ । हाल त्रियुगा १६,१ र २ को मत परिणाम सार्वजानिकको क्रममा रहेको छ ।