Friday, June 12News That Matters

त्रिनपा– २ को प्रारम्भिक मतगणनामा पहिलो मत एमालेलाई

पूर्णपुष्टि, जेठ १० ।
त्रियुगा नगरपालिका वडा नं. २ को पनि पहिलो २०० मत गणनाको परिणाम आएको छ । परिणाम अनुसार सो वडाबाट पहिलो मत एमालेलाई गएको छ । एमालेको प्रमुख पदका उम्मेदवार भागवत राउतलाई ७३ मत जाँदा काङ्ग्रेसका बसन्त बस्नेतलाई दोस्रो मत ६८ छ भने तेस्रो मत गठबन्धनतर्फका नेकपा एसका बलदेव चौधरीलाई ३८ मत छ ।
उपप्रमुखमा पनि एमालेकी महेश्वरी राईलाई पहिलो मत गएको छ । उनले ८१ मत पाउदा काङ्ग्रेसकी सरिता राईले दोस्रो मत ५९ पाएकी छिन् भने गठबन्धनतर्फकी माओवादी केन्द्रकी गिता खड्का कार्कीले २० मत पाएकी छिन् । सो वडाको प्रारम्भिक मतगणनाले त्यहाँ एमाले पहिलो, काङ्ग्रेस दोस्रो र गठबन्धन तेस्रो मत पाउनेमा देखाएको छ ।
वडा नं. १, वडा नं. १६ र वडा नं. २ को समग्र ८०० मतमा काङ्रग्रेसको प्रमुख र उपप्रमुख दुबै पदमा अग्रता देखिएको छ । समग्रमा प्रमुखमा कांग्रेस २७८ मतका साथ अग्रता, गठबन्धन २४२ मतका साथ दोस्रो र एमाले १५८ मतका साथ तेस्रो स्थानमा छ भने उपप्रमुखमा २४२ मतका साथ काङ्ग्रेस नै अगाडी, दोस्रोमा एमाले १८५ मत र तेस्रोमा गठबन्धन १६१ मत रहेको छ ।

२ नं. वडाध्यक्षमा एमालेका धमानसिंह खत्रि १०४ मतका साथ अग्रतामा छन् भने ६१ मतका साथ काङ्ग्रेसका टिराराम बुढाथोकी दोस्रो स्थानमा र २२ मतका साथ गठबन्धनतर्फका नेकपा एसका रामश्रेष्ठ चौधरी तेस्रो स्थानमा रहेका छन् ।