Friday, June 12News That Matters

त्रियुगा–१६ को मतले गठबन्धनले फड्को मार्यो, ३ मतले काङ्ग्रेसको अग्रता

पूर्णपुष्टि, जेठ १० ।
उदयपुरको त्रियुगा नगरपालिकाको मतगणनाको १६ नं. वडाको २०० मत गणनामा गठबन्धनतर्फको प्रमुखका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीले पहिलो मत पाएका छन् भने नेपाली काङ्ग्रेसका बसन्त बस्नेतले दोस्रो मत पाएका छन् । चौधरीले ९९ मत पाउदा बस्नेतले ४४ मत पाएका छन् । एमालेका भागवत राउत २९ मतका साथ तेस्रो स्थानमा छन् ।
वडा नं. १ मा भने ४०० मतगणना हुँदा काङ्ग्रेसले पहिलो, गठबन्धनले दोस्रो र एमालेले तेस्रो नै मत पाएको छ । काङ्ग्रेसको बस्नेतले १६३ पाउदा गठबन्धनका चौधरीले १०५ पाएका छन् भने एमालेको राउतले ५६ मत पाएका छन् ।
समग्रमा १ नं. र १६ नं. को एकमुष्ट ६०० मतमा प्रमुख पदमा काङ्रग्रेस २०७, गठबन्धन २०४ र एमाले ८५ मतमा रहेका छन् । गठबन्धनभन्दा ३ मतअन्तरले काङ्ग्रेस अग्रस्थानमा छ । एमाले तेस्रो स्थानमा रहेको छ ।
उपमेयरतर्फ १६ नं. वडाले गठबन्धनतर्फकी नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीलाई पहिलो मत दिलाएको छ । उनको ११४ मत हुँदा दोस्रो स्थानमा काङ्ग्रेसकी सरिता राईले ४३ र एमालेकी महेश्वरी राईले ३० मत प्राप्त गरेका छन् । १ नं. वडाले भने उपप्रमुखमा काङ्ग्रेसलाई पहिलो मत दिलाएको छ । उसलाई १४० मत आउदा एमालेलाई दोस्रो मत ७० प्राप्त भएको छ भने गठबन्धनलाई १४ मत प्राप्त भएको छ । समग्र ६०० मतमा उपप्रमुखमा काङ्ग्रेस १८३ मतका साथ अग्रस्थानमा, १४१ मतका साथ गठबन्धन दोस्रो स्थानमा छ भने १०४ मतका साथ एमाले तेस्रो स्थानमा छ ।
यतिन्जेलमा स्वतन्त्र प्रमुख पदका उम्मेदवार चित्रकुमार कार्कीको २ मतमा अरु थपिएको छैन भने जसपाकी प्रमुख पदकी उम्मेदवार मन्जु राईको ३ मत पुगेको छ ।
१६ नं. वडाध्यक्षका उम्मेदवार गठबन्धन तर्फको माओवादी केन्द्रका मानबहादुर राईको १२७ छ । काङ्ग्रेसका रामबहादुर मगरको ४३ र एमालेका विष्णु मगरको ३० मत आएको छ ।
१ नं. वडाध्यक्षका उम्मेदवार काङ्ग्रेसको मनोजकुमार चौधरीको १५२, दोस्रो बढि मत स्वतन्त्र उम्मेदवार नारायण प्रसाद ढकालले ११२ मत पाएका छन् । एमालेको दिलिपकुमार चौधरीको ६९ र गठबन्धनतर्फको नेकपा एसका सुकुमार चौधरीको ११ आएको छ ।