Wednesday, June 10News That Matters

त्रियुगामा कांग्रेसको फराकिलो अग्रता तिव्र, कलम तेस्रो स्थानमा

पूर्णपुष्टि, जेष्ठ १४
उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेसले झनै फराकिलो मत थपेको छ । कांग्रेस उम्मेदवार बसन्त वस्नेतले लगतार अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कसन्त वस्नेतले ९३८२ मत ल्याई अग्रता कायम गरेको छ । यस्तै उमाले दोस्रो स्थानमा उक्लिएको अवस्था छ । लगतार तेस्रो भएर आएका सुर्य पनि अगडी बढेपछि कलम थप पछि परेको हो ।

एमाले उम्मेदवार भागवत राउतले ६८१२ मत ल्याएको छ भने कलमका उम्मेदवार वलदेव चौधरीले ६८१२ मत ल्याएको छ । यस्तै उममेयरमा पनि कांग्रेसकै सरिता राई अघि छिन् । राईले एमालेका महेश्वरीलाई पछि पार्दै ८०४३ मत प्राप्त गरेकी छिन् । एमालेकी महेश्वरी राईले भने ८१९० र माओवादीकी गिता खड्काले ५१८० मत ल्याएको छ । खड्का तेस्रो स्थानमा सुरु देखिनै छिन् ।