Wednesday, June 10News That Matters

त्रियुगामा काङ्ग्रेस जीत नजिक

पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगा नगरपालिकामा रुखकाे अग्रता झनझन बढ्दै गएकाे छ ।  २७ हजार १७५ मत गणनामा रुखले सुर्यभन्दा १९४८ मत अन्तर र कलम भन्दा २५७० मत अन्तरले अग्रता लिएकाे हाे ।
मतपरिणाम अनुसार काङ्रग्रेसकाे वसन्त बस्नेतकाे ९३८२ मत हुँदा एमालेकाे भागवत राउतकाे ७४३४ रहेकाे छ भने गठबन्धनतर्फकाे नेकपा (एस) काे बलदेव चाैधरीकाे  ६८१२ मत रहेकाे छ।
हालसम्म गणना भएकाे वडाहरुबाट अधिकांशमा पहिलाे मत र केहीमा कम्तिमा सम्मानजनक मत प्राप्त भईरहदा काङ्ग्रेस फराकिलाे मतअन्तरले अग्रता पाएकाे हाे ।
अब १३ हजार ४ मत गन्न बाँकी रहेकाे अबस्था छ । अब प्रमुख पदमा काङ्ग्रेस जीत नजिक रहेकाे देखिन्छ ।
उपप्रमुख पदमा पनि रुखकाे अग्रता कायम छ । रुखमा काङ्ग्रेसकी सरिता राईकाे ८४०३ मत रहेकाे छ । दाेस्राेमा एमालेकी महेश्वरी राईकाे ८१९० मत रहेकाेछ भने तेस्राे स्थानमा गठबन्धनकी गिता खड्का कार्कीकाे ५१८० मत रहेकाे छ । उपप्रमुखमा रुखले २१३ मतले सुर्यलाई पछाडि पारकाे छ भने ३२२३ मतले गाेलाकारभित्रकाे हसिया हथाैडा पछि छ ।
हाल ६,७,८ र ९ वडाकाे मतगणना चलिरहेकाे छ ।  १०,११ र १२ वडा गणना बाँकी छ। अन्य वडा गणना भईसकेकाे छ । १६ वटा वडा रहेकाे त्रियुगामा ४० हजार १७९ मत खसेकाे थियाे ।