
पूर्णपुष्टि, जेष्ठ १४
त्रियुगा नगरपालिकामा कांग्रेसले तिव्र अग्रता कायमै राखेको छ । एमाललेलाई झण्डै दुई हजार र समाजवादीलाई झण्डै दुईहजार ८ सयले पछि पार्दै कांग्रेसले तिव्र मतान्तर बढाएको हो । कांग्रेस उम्मेदवार वसन्त वस्नेतले ९८६९ मत ल्याउँदा एमालेका भागवत राउतले ७८८० मत पाएका छन् । यता समाजवादीका वलदेव चौधरीले भने ७०५२ मत मात्र पाएका छन् । यस्तै उपप्रमुखमा पनि कांग्रेस उम्मेदवारी सरिता राईले ८८१२ र एमालेकी महेश्वरी राईको ८६८६ मत रहेको छ । यस्तै माओवादीकी गिता खड्काको ५३८४ मत रहेको छ ।
