Friday, June 12News That Matters

त्रियुगामा जसले वडाध्यक्षमा कार्यकाल दाेहाेर्याए 

पूर्णपुष्टि, जेठ १२ ।
मानबहादुर राई, जसलाई वडाबासीले अत्याधिक मतले त्रियुगा नगरपालिकाकाे वडा नं. १६ मा विजयी गराए । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का राईलाई लाेकप्रीय मतका साथ वडाबासीले कार्यकाल दाेहाेर्याउन जिताए । उनले वडाकाे १४७६ खसेकाे मतमा ९३२ मत पाए ।
मनाेज कुमार चाैधरी, जसले काङ्ग्रेसबाट त्रिनपा १ मा प्यानलै विजय हाँसिल गरे । याे जितले उनलाई कार्यकाल दाेहाेर्याउने अबसर मिलेकाे छ । वडामा खसेकाे १९७० मत मध्ये उनले ७२६ मत पाएर विजयी भए ।
घमानसिङ खत्री, जसले वडा नं. २ मा वडाध्यक्षका लागि विजयी हाँसिल गरे ।  उनले वडाकाे २७९४  मत मध्ये १०५१ मत पाएर विजयी बनेका हुन् । उनकाे वडाकाे अन्य सदस्यहरु भने काङ्ग्रेसका विजयी भए ।
हालसम्म यी तीन वडाध्यक्षकाे जीत, तीनै जना कार्यकाल दाेहाेर्याउनेमा परेका छन् ।अन्य वडामा पनि दाेहाेर्याएर उम्मेेदवाारी दिनेहरु रहेका छन् । हार वा जित परिणाम पर्खनु पर्नेछ ।