
पूर्णपुष्टि, बैशाख १२
त्रियुगा नगरपालिकामा माओवादी र एकीकृत समाजबादीको सन्युक्त गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । यो गठबन्धनबाट प्रमुखमा एकीकृत समाजबादीका बलदेव चौधरी र उपप्रमुखमा माओवादी कि गिता खड्का उम्मेदवार छन । गठबन्धनले गार्इघाट बजारबाट जुलुश सहित मुख्य निर्बाचन अधिकृतको कार्यलय पुगेर मनोनयन गराएको हो । मनोनयन दर्ता पछि गठबन्धनबाट यो नगरका प्रमुखका उम्मेदवार बलदेब चौधरीले सम्मृद त्रियुगा नगरकालागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।
बलदेव चैधरी त्रियुगा नगरका निबर्तमान मेयर हुन । उनले ०७४ को चुनाबमा काङ्ग्रेसका वसन्त बस्नेतलाई हराएका थिए । गठबन्धनले वार्ड न १ मा उमाकान्त चौधरी ,२ मा राम चौधरी , ३ मा अबधेश चौधरी,४ मा सुनबिर तामाङ , ५ मा राधा रमण भट्टराई , ६ मा राकेश चौधरी ,७ मा मनोज पौडेल ,८ मा कुल ब. कटुवाल,९ मा धन ब. श्रेष्ठ , १० मा ज्ञानेन्द्र श्रेष्ठ ,११ मा किशन राई,१२ मा नवीन राई, १३ मा पशुपति चौधरी ,१४ मा हेमराज मगर,१५ मा गणेश तिम्सिना , १६ मा मान ब. राईलाइ गठबन्धनले उम्मेदवार बनाएको छ ।
