Tuesday, June 30News That Matters

त्रियुगामा म्याद थप नगरिएपछि कर्मचारी आन्दोलनमा

पूर्णपुष्टि, साउन १ गते ।
त्रियुगा नगरपालिकाको करार, ज्यालादारीमा कार्यरत ५९ जना कर्मचारीलाई निष्काशन गरिएको छ । नगर प्रमुख बसन्त बस्नेत र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले एकलौटी रुपमा आफूहरुको म्याद नथपेको कर्मचारीको आरोप छ । सेवाबाट निकालिएका कर्मचारीले चरणवद्ध रुपमा आन्दोलन शुरु गरेको छ । उनीहरुले पुनस्थापनाको माग राख्दै उप–प्रमुख महेश्वरी राईलाई ज्ञापनपत्र बुझाएका छन् । यस्तै भोलीसम्ममा पुनस्थापना नगरिए नगरपालिकामा तालाबन्दी गरी सेवा थप्प पार्ने चेतावनी दिएका छन् ।
कर्मचचरीलाई असार ३१ गतेबाट समअवधी नथप्ने निर्णय गरेका मेयर बसन्त बस्नेत मोवाई अफ गरेर बसेका छन्, भन्ने प्रमुख प्रशासकीय अधिकृत पूरुषोतम ढकाल ज्वरो आएको वाहानमा आफ्नो कार्याकक्षमा ताला लगाएर बसेका छन् ।