
पूर्णपुष्टि, १६ साउन ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १८ नं वाहिनि भुल्केको बाहिनिपति तथा सहायक रथि मनोज बैदवारलाई बिदाई गरेको छ । बैदवारको राष्ट्रपति कार्यालय भवन काठमाण्डौँमा सरुवा भएसँगै विद्याई गरिएको हो । बुधबार संघको भवनमा रमेश रसाईलीको अध्यक्षतामा बैदवारको भव्य विदाई गरियो । संघका पदाधिकारी तथा व्यवसायीहरुको उपस्थितिमा बैदवारको विदाई भएको हो । बैदवार २०८० साल साउन २६ गते १८ नं वाहिनि भुल्केमा जिम्मेवार सम्हाल्न आईपुगेका थिए ।
यस्तै बैदवारको ठाउँमा नेतृत्व सम्हाल्न आएका गौरब गुरुङलाई १८ नं वाहिनि भुल्के उदयपुरमा भव्य स्वागद गरिएको छ । गुरुङलाई बैदवारको विदाई सँगै स्वागत गरिएको हो । गूरुङले अब १८ नं वाहिनिमा जिम्मेवारी सम्हाल्ने छ । विदाई भएको वैदवार र कार्यभार सम्हाल्न आएका गरुङलाई त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले मायाको चिनो र खादाले सम्मान स्वागत तथा विदाई गरेको हो । उक्त कार्यक्रममा बरिष्ट व्यपारी तथा संघा पूर्व बरिष्ठ उपाध्यक्ष भरत चाम्लीङ, र जिल्ला ब्याडमिन्ट संघ उदयपुरका अध्यक्ष सहितले सहभागी जनाएका थिए ।

