Thursday, April 23News That Matters

उदयपुरका दुई युवकसहित ९ जना लागुऔषधसहित पक्राउ

पूर्णपुष्टि, साउन १६ । उदयपुरका दुई युवासहित ९ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ का २४ वर्षीय रमेश देउजा र ३४ वर्षीय बिक्रम भन्ने पूर्णबहादुर परियार, बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास रेहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागुऔषधहरू बरामद गरेको छ। पक्राउ परेका मध्येबाट ट्रामाडोल २२४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाईजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल र ब्रुपिनोर्फिन १० एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेकाहरूमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।