Thursday, June 18News That Matters

त्रियुगा उद्योग वाणिज्य संघद्धारा निःशुल्क स्वास्थ्य शिविर हुने

पूर्णपुष्टि,वैशाख १२ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आगामी वैशाख १५ गते शुक्रवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । संघले दक्षिण एसियाकै नमुना क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पताल र वि.एण्ड सि. टिचिङ्ग अस्पताल विर्तामोड झापाको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।

शिविरमा पाउँने सेवाहरु क्रमशः नसा सम्बन्धी सम्पूर्ण जाँचहरु, मुटु सम्बन्धी सम्पूर्ण जाँच परिक्षण सेवा, महिलाको स्तन क्यान्सर तथा पाठेघरको सम्पूर्ण जाँच गराउँने र अन्य क्यान्सर सम्बन्धी सम्पूर्ण परिक्षण गरिने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । उनले आफ्नै गाउँ ठाउँमा यस्तो सुविधा सम्पन्न सेवा आएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई आएर सेवा प्रदान गर्न अनुरो गरे ।

उक्त शिविर आउँने शुक्रवार विहान ७ः३० बजे देखि जिल्ला अस्पताल गाईघाट उदयपुरमा हुने जनाएको छ । शिविर त्रियुगा नगरपालिका, जिल्ल अस्पताल उदयपुर र दाजुभाई समूह दोहा,कातारको सहकार्यमा सम्पन्न हुँने छ ।