Friday, May 22News That Matters

गाई भैंसी गाठालो गरेको मान्छे शहरमा हवाईजहाजको गोठालो गर्दैछु : सुदन किराती

पूर्णपुष्टि, बेशाख १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गाउँमा गाई भैंसी गोठालो गरेर आएको आफुले शहरमा हवाईजहाजको गोठालो गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको र आज राति आफुले राम्ररी थाहा पाएको बताए । गएराति फ्लाइ दुबईको विमान काठमाडौंबाट उडेलगत्तै विमानबाट विस्फोटको आवाज आएको थियो भने केहिबेर काठमाडौं र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गएको थियो ।

मन्त्री किरातीले जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा समेत स्पष्ट पारेका छन् । नकरात्मक हल्ला फौलाउने बानी सबैलाई छाड्न आग्रह गर्दै ‘उनले भने’ कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्ने उनको भनाई छ ।