Friday, May 22News That Matters

महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा भत्कायो

पूर्णपुष्टि,वैशाख १२ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ । सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार काठमाण्डौको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कको सडक पेटीमा रहेको प्रहरी बिट हटाएको हो ।

महानगरले पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या पौदा भएको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । सडक अतिक्रमण गरी बनाएको संरचनाहरु भत्काउने अभियान योजनाअनुसार काम अघि बढाएको जनाएको छ ।