
पूर्णपुष्टि, बैशाख १२ । राष्ट्रिय सभा सदस्यका लागी भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरी निर्वाचित भएका छन् । उनले नेपाली काग्रेसका उम्मेदवार जित नारायण क्षेष्ठलाई ४३०६१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
अन्तिम मत परिणाममा लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् ।
यसअघि मंसिर ४ मा भएको चुनावमा ४९ हजार ३०० मत सहित निर्वाचित भएका लामिछानेले अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा सांसद पद गुमाएका थिए । उनको पद गुमेपछि पुन उपनिर्वाचन गर्नुपरेको हो ।
