
पूर्णपुष्टि, बैशाख १२ । चितवन क्षेत्र नं २ मा कांग्रेसबाट उम्मेदवार बनेका जित नारायण क्षेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई बधाई दिएका छन् । उनले मत गणनास्थलमा पुगेर रवीलाई बधाई दिएका हुन् ।
३७ हजारबढी मतान्तरले अगाडि रहेका रविले जित्ने पक्का भईसकेको छ भने मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार जितनारायणले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन्।
रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए । ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ‘उनले भने’ जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ ।
लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।
