
पूर्णपुष्टि, बैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका स्वर्णीम वाग्लेले जनताबाट पाएको मतको गुन विकास गरेर तिर्ने बताएका छन् । तनहुँ क्षेत्र नं –१ बाट निर्वाचित वाग्लेले प्रमाणपत्र ग्रहण गर्दै तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।
उनले स्थानिय मात्र नभई देशको मुद्धा उठाउने र जनताबाट पाएको मतको गुन यहाँको विकास गरेर तिर्ने बताए । सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता सहित देश विकासका मुद्धा उठाउने बताए ।
