
पूर्णपुष्टि, बैशाख १२ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णीम वाग्ले निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
तनहुँ क्षेत्र नं १ मा मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो भने उपनिर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । जसमध्ये वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदै निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द २० हजार १२२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।
वाग्लेले भट्टराईको भन्दा १४ हजार ७ सयभन्दा बढी मत पाएका छन् । मंसिर ४ को चुनावबाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदपुर्तिका लागी उपनिर्वाचन भएको हो ।
