
पूर्णपुष्टि, २२ फागुन ।
त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा ओम खड्काको प्यानल बिजयी बनेको छ । खड्काले प्रतिदन्दी संकर बस्नेतलाई हराउँदै अध्यक्षमा बिजयी बनेको हो । खड्काले १०६२ मत प्राप्त गर्दा बस्नेतले ५७७ मात्रै मत प्राप्त गरे बस्नेतको भन्दा खड्काको मत झण्डै दोब्बरले आएको हो ।
यस्तै उपाध्यक्षमा सुपराज राई बिजयी बनेको छ । राईको ९६९ मत आउँदा प्रतिदन्ती निगम कोईरालाको जम्मा ४६२ मत मात्रै आएको छ । यस्तै कोषाध्यक्षमा रेवती रमण गेलाल बिजयी बनेको छ । उनले ८९७ मत प्राप्त गरेको छ । यता सदस्यहरुमा भविन्द्र खत्री ९९४, कृष्ण कुमारी राई ८७५, जित बहादुर बराल ७५३, र डिल्ली नारायण श्रेष्ठ ७९२ मत सहित प्यानलै निर्वाचित भएको हो ।

