Wednesday, May 27News That Matters

बसाहामा जिल्लास्तरीय ब्याड्मिन्टन हुने

बसाहा क्लवका खेलाडी तयारीमा जुट्दै
स्व‍‍‍. सनातकुमार राइ

पूर्णपुष्टि, फागुन २२ ।
उदयपुरको बसाहामा जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सन्चालन हुदैछ । बसाहा ब्याड्मिन्टन क्लवको आयोजनामा ७ औं मेयरकप ब्याड्मिन्टन प्रतियोगिता हुने भएको हो ।
आगामी २४ देखि तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिता चौनपा ४ चौकीडाँडा स्थित स्व. सनातकुमार राई कभर्डहलमा हुनेछ । प्रतियोगितामा मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बी) र मास्टर डबल्स (९० प्लस) गरी तीन इभेन्ट्समा हुने भएको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम तयारी रहेको आयोजक क्लवका अध्यक्ष नारायण तामाङले जानकारी दिएका छन् ।