
पूर्णपुष्टि, फागुन २२ । उदयपुरमा ११४ औं श्रमिक महिला दिवस २०८० मनाईएको छ । मंगलबार महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ अखिल नेपाल महिला संघ समाजवादी जिल्ला कमिटि उदयपुरको आयोजनामा श्रमिक महिला दिवस मनाईएको हो ।
श्रमिक महिला दिवस २०८० भव्यताका साथ सफल पारौं, ५० प्रतिशत महिला सहभागिता सुनिश्चिता गरौं विषयक अन्तक्रिया कार्यक्रम सहित दिवस धुमधामका साथ गाईघाट स्थित जिल्ला पार्टी कार्यालयको हलमा मनाईएको हो । अनेम संघ जिल्ला अध्यक्ष पशुपती चौधरीले महिलाहरु ८ हजार बर्षदेखी उत्पिडनमा पर्दै आएको बताएकी छन् ।
उनले महिलाहरुको सबै अधिकार कुण्ठित भएको भन्दै महिला दिदि–बहिनिहरु एकजुट भएर अधिकार प्राप्तिका लागी लागिपर्नुपर्ने बताईन् । अहिलेको कम्युनिष्टहरुले समानताको आधारमा योजना बनाउन नसकेको उनले बताईन् । महिला पुरुष बराबरी भनेको छ तर श्रमको आधारमा समानरुप ल्याउन सकेको छैन् उनले भनिन् । चौधरीले महिलाहरुले पुरुषको जति काम गर्न सक्ने भएता पनि ज्यालामा समानता नरहेको बताईन् ।
श्रममा समानरुप ल्याउन सबै महिलाको एकजुट आवाज सम्बन्धित निकायसम्म पुग्नुपर्ने उनले बताईन् । महिलाहरुलाई पुरुषहरुले निजिकरणको रुपमा लिर्दै आएको बताईन् । फागुन २५ गते देशै भर मनाईने यो दिवस आज स्वयमता मिलाएर मनाईएको छ । दिवसको अवसरमा तिन जना श्रमिक महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । सिटी सफारी चालक अनिता राई, धन्देवी सुयल र शान्ति चौधरीलाई सम्मान गरिएको हो ।
