Tuesday, April 21News That Matters

त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी

पूर्णपुष्टि, भदौ २४ । सरकार विरुद्धको आन्दोलन चर्किएपछि जेन्जी प्रदर्शनकारीले उदयपुरको त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी गरेको छ । दिउँसो करिब २ बजेतिर आक्रमक बनेको प्रदर्शनकारीहरुले नगरपालिकाको सामानहरु तोडफोड गरी आगजनी गरेको हो ।

प्रदर्शनकारीहरुले नगरपालिकाको झ्याल ढोका कुर्सि कागजात पत्र हरु तोडफोड गरी आगजनी गरेको हो । केहि समयसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी पुगेपछि आक्रमक बन्दै गएको हो ।