
पूर्णपुष्टि, भदौ २४ । सरकार विरुद्धको आन्दोलन चर्किएपछि जेन्जी प्रदर्शनकारीले उदयपुरको त्रियुगा नगरपालिकामा रहेको वि.पि. कोइरालाको शालिक तोडफोड गरेको छ ।
प्रदर्शनकारीहरुले मदनभण्डारी राजमार्गमा पर्ने गाईघाट स्थित विपि चोकमा रहेको शालिक तोडफोड गरेको हो । केहि समयसम्म शान्तिपूर्ण भईरहेको प्रदर्शन जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडी पुगेपछि आक्रमक बन्दै गएको हो ।
