
पूर्णपुष्टि/उदयपुर, भदौ २४ ।
जेनजी प्रदर्शनले उदयपुृरमा दिउसोदेखि उग्ररुप लिएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय, संगै रहेको जिल्ला अदालत र बोक्सेस्थित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेसंगै गाईघाटस्थित त्रियुगा नगरपालिका अगाडी आगजनी गरेका छन् । नगरपालिकाको न्यायिक समिति र अन्य विभिन्न शाखाको काजजात, कुर्सी, टेबल लगायतका सामानहरु बाहिर थुपारेर आगजनी गरेको हो ।
तोडफोडबाट सबै जसो सरकारी कार्यालयहरुको भ्mयाल ढोका र कार्यालयमा क्षती पुगेको छ । कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीहरुले लुकेर र भागेर ज्यान जोगाएका थिए ।
