
पूर्णपुष्टि, २४ भदौ ।
नेकपा एमाले लिम्चुङबुङका नेता केशरमनि राईले एमाले पार्टी त्यागेको घोषणा गरेको छ । उनले जेन्जी पुस्ता प्रतिको जायज माग सम्बोधनका साटो एमालेकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गोली प्रहार गरेको भन्दै पार्टी त्याग्ने निर्णय गरेको हो । उनले फेसबुकमा लेखेका छन्,“, म २०५१ साल देखि नेकपा एमाले पाटिमा गौरवका साथ समर्थन गर्दै पाटिको विभिन्न जिम्मेवारी र पदमा रहि पाटिको काम गर्दै आईरहेकोमा आजबाट पाटिको कुनै पनि पद जिम्मेवारीमा नरहने र एमाले पाटि त्यागेको घोषणा गर्दछु ।
