Wednesday, May 20News That Matters

बल्ल सुरु भाे त्रियुगा नगरपालिका र सबै वडामा सेवा

पूर्णपुष्टि/ गाइघाट, असोज २
उदयपुरको त्रियुगा नगरपालिकाले आजदेखी नियमित सेवा संञ्चालन गरेको छ । जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड र आगजानी भएपछि नियमित सेवा संञ्चालन राेकिएको थियो । २४ गते तोडफोड र आगजानी भएको नगरपालिकाकाे कार्यालय सरसफाई गरेर आजदेखी सेवा संचालनमा ल्याईएको मेयर बसन्त बस्नेतले बताउनुभयाे । पालिकाकाे १६ वटै वडाहरुमासमेत एकसाथ सेवा सुचारु भएकाे जनाइएकाे छ ।  आन्दोलनमा ११ र १२ नं वडामासमेत तोडफोड र तोडफोड र आगजानी गरिएको थियो ।
तस्विरहरु : सुनिल राई/पूर्णपुष्टि