Friday, April 17News That Matters

नियम विपरित संचालन भएको सवारी साधनलाई कारर्वाहीको माग सहित प्रजिअलाई ज्ञापन पत्र हस्ताण्तरण

पूर्णपुष्टि÷गाईघाट, भदौ २ । उदयपुरको पहाडि भेगमा नियम विपरीत सवारी साधन सञ्चालन भएको भन्दै यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहिबार यातायातव्यवसायी योगेन्द्र श्रेष्ठ,भोलानाथ र मिलन वि.क. ले सदरमुकाम गाईघाटबाट पहाडी क्षेत्र चल्ने रसुवालगायत विभिन्न रुटमा सञ्चालित साना सवारी साधनहरूले यातायात व्यवस्था कार्यालयको नियम उल्लंघन गरेको भन्दै नियममानुसार कारवाहीको माग सहित प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

सवारी साधनहरूले चेसिस भाँचिएको स्वरूप परिवर्तन गरी टु व्हिललाई फोर व्हिल बनाएको, सिट संख्या थपघट गरेको, मालवाहक तथा निजी रातो प्लेट गाडीमा यात्रु ओसारपसार गरिएको ‘पत्रमा भनिएको छ’ यात्रुलाई मेल भनेर एकमुष्ट भाडा उठाउने र अनावश्यक तानातान गरेर दुःख दिने जस्ता कार्यले सुरक्षित तथा व्यवस्थित यात्रुमैत्री यात्रा गराउने सम्बन्धा समेत जोखिम उत्पन्न भएको छ ।

नजिकै आएको नेपालीहरूको महान चाड मनाउन घर जाने यात्रुहरूलाई पनि यस्ता नियमविपरीत सञ्चालित सवारी साधनहरूले जोखिम उत्पन्न गरेको पत्रमा उल्लेख छ । नियम विपरीत सञ्चालित सवारी साधनहरूको चेकजाँच गरी तत्काल सञ्चालनमा रोक लगाउन अनुरोध गरिएको छ ।