Friday, June 26News That Matters

त्रियुगा नदीमा डुबी युवतीको मृत्यु

पूर्णपुष्टि, असोज ५ गते ।

उदयपुरको त्रियुगा नदीमा डुबी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ की २२ बर्षीया लक्ष्मी सदा रहेकी छिन् ।
मंगलवार दिउँसो त्रियुगा नदीमा नुहाउन गएको अबस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।