
पूर्णपुष्टि, असोज ५
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न खोजेको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारत बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।
बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हाली खबर गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । उहाँका अनुसार छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली स्थानीयले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारै जनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
