Friday, June 19News That Matters

संविधान दिवसमा प्याराडाईजकाे सिर्जनात्मक कार्य

पूर्णपुष्टि, असाेज ४ ।
संविधान दिवसलाई उदयपुरका केही विद्यालयले विशेषढंगले मनाएका छन् ।
गाईघाटस्थित प्याराडाईज बाेर्डिङ स्कुलले विद्यार्थीहरुलाई संविधानकाे महत्व प्रस्ट्याउदै सिर्जनात्मक कार्य गराएकाे छ ।
विद्यार्थीहरु चाैरीमा आफ्नाे पाेशाकसहित `संविधान दिवस २०७९´ अक्षर आकारमा प्रस्तुत भए । संविधान दिवसलाई सिर्जनशिल ढङ्गले प्रदर्शन गरेका  विद्यार्थी र साे विद्यालयकाे जिल्लाकाे हकमा नमुना बनेकाे छ । साेकाे तस्विर र भिडियाे सामाजिक सञ्जालमा महत्वका साथ हेरिएकाे छ ।
विद्यार्थीहरुलाई दिवसकाे महत्व दर्शाउन र सहभागी गराउन फरक प्रस्तुती गरिएकाे प्रिन्सिपल बाबुराम सुवेदीले बताए ।
त्यसैगरी गाईघाटकै क्यानभाष एकेडेमीले दिवसकाे अबसरमा विद्यार्थीहरुकाे रयाली गराएकाे छ । ब्यानरसहितकाे रयालीले गाईघाट बजार परिक्रमा गरेकाे थियाे । कार्यक्रममा विद्यार्थीहरुकाे सक्रिय सहभागिता रहेकाे र संविधानबारे जानकारीमुलक कार्य भएकाे प्रिन्सिपल दिनेश खड्काले बताए ।